कांग्रेस पदाधिकारी बैठक : रुपन्देही–३ को उपनिर्वाचनको उम्मेद्वार तय गरिने



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनबारे पनि कुराकानी भएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको बैठकमा कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनबारे केन्द्रित रहेर छलफल भएको हो।

यसअघि बालकृष्ण खाँणलाई उपनिर्वाचनमा उठाउने विषयमा चर्चा भएको छ। खाँणले पनि उपनिर्वाचनलक्षित सक्रियता बढाएका छन् । आजको छलफलमा सरकारमा सहभागी मन्त्रीहरुलाई पनि बोलाईएको थियो ।

तर, मन्त्रीहरु फेरबदलको विषयमा भने आज कुनै कुरा नभएको जनाईएको छ ।

प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार  ११ : ५८ बजे