निजामती विधेयकको कुलिङ पिरियड हटाउन एमालेको संशोधन प्रस्तावप्रति कांग्रेस नेताहरूको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन नेकपा (एमाले)का सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार बूढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन नेकपा (एमाले)का सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावप्रति आपत्ति जनाएका हुन् ।

बैठकमा नेताहरूले कांग्रेससँगको सहमतिविपरीत संशोधन प्रस्ताव दर्ता भएको बताएका छन् ।

बैठकमा सहभागि प्राय सबै नेताहरूले पुरानो सहमतिअनुसार निजामती विधेयकमा कुलिङ पिरियडुसम्बन्धी व्यवस्था कायम गरेर जानुपर्ने भँनाइ राखेको बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको बैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्रीहरू, प्रदेश सभापतिहरू सहभागी थिए । बैठकमा कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनबारे पनि छलफल भएको छ।

प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार  २ : २८ बजे