नेप्से १८.४४ अंकले घट्यो, २६ अर्बभन्दा बढीको कारोबार



काठमाडौं, ११ साउन । साताको कारोबारको पहिलो दिन शेयर बजार घटेको छ । आज (आइतबार) शेयर बजार १८.४४ अङ्कले घटेर २९६४.२० विन्दुमा रोकिएको छ ।

यस दिन २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

बैंकिङ ०.७१, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.०९, लगानी १.६६, जीवन बीमा १.३५, निर्जीवन बीमा ०.६७ तथा अन्य ०.८६ प्रतिशत घटे ।तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जी छन् । हालै सूचीकृत ट्रेड टावरको मूल्य प्रतिकित्ता ७१३ रुपैयाँ पुगेको छ भने सान्भीको ६३५.६० रुपैयाँ पुगेको छ । त्यस्तै लुम्बिनी विकास बैंकको ८.४७, ग्रिन भेन्चर्सको ६.२९, सगरमाथा जलविद्युत कम्पनीको ६ प्रतिशत मूल्य बढ्यो ।

आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्यमा गिरावट आएको छ । त्यसैगरी ६ वटा कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार  ४ : ०५ बजे