काठमाडौं । स्थानिय बजारमा आइतबार सूनको मूल्यमा भारी वृद्धि भएको छ ।
सुनको मूल्य एकैदिन तोलामा ३४ सय रुपैयाँले बढेको हो ।
शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । २ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














