काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा औद्योगिक सम्पत्ति र भन्सार विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ मा राष्ट्रिय सभाले गरेका संशोधनहरूमाथि छलफलका लागि प्रस्ताव राख्नेछन्।









