अर्थमन्त्रीद्वारा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन



काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरू भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्स्पोको उद्घाटन गरेका हुन्।

भृकुटीमण्डपमा आजबाट सुरु भएको एक्स्पो साउन २५ गतेसम्म सञ्चालन हुनेछ ।

अर्थमन्त्री पौडेलले गुणस्तरीय सडक पूर्वाधार निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको बताए। उनले देशका महत्वपूर्ण सडक आयोजनाहरू जस्तै एक्सप्रेस-वे, हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र काठमाडौं-निजगढ द्रुतमार्गको निर्माण कार्यलाई सरकारले तीव्रता दिइरहेको बताए।

नाइमाले स्थापनाको वर्ष नै राम्रो शो आयोजना गरेको र यसले आटोमोबाइल क्षेत्रलाई योगदान गर्ने अर्थमन्त्री पौडेलले बताए।

‘सरकारले देशभरका सडक पूर्वाधारलाई चौडा र फराकिलो बनाउने कामलाई तीव्रता दिएर सवारीमैत्री पूर्वाधारलाई प्राथमिकतामा राखेको छु’ उनले भने,”सरकारले कनेक्टिभिटीलाई अभियानकै रूपमा लिएको छु’

प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार  ११ : ३४ बजे