रक्षामन्त्रीद्धारा ‘शैव दर्शन, संस्कृति र दशनामी संन्यासी’ पुस्तक सार्वजनिक



काठमाडौंँ । ‘शैव दर्शन, संस्कृति र दशनामी संन्यासी’ नामक पुस्तक सार्वजनिक भएको छ । माननिय रक्षामन्त्री मानवीर राई र नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ प्रा.डा.मधुसूदन गिरीले हालै राजधानीमा आयोजित एक समारोह बिच पुस्तक बिमोचन गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित पुस्तकमा शैव दर्शन, संस्कृति र दशनामी संन्यासीका बिभिन्न जानकारी समेटिएको छ । पुस्तकलाई हिमाल गिरीले लेखेका हुन् ।

कार्यक्रममा यस्ता पुस्तकले दशनामी सन्यासीको पहिचान कायम राख्नमद्दत पुग्ने बताए ।

प्राज्ञ गिरीले पुस्तकले संसार भर छरिएर रहेका दशनामी सन्यासीलाई एउटै सुत्रममा उन्न मद्दत गर्ने बताए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रकाशन गरेको धन्यवाद समेत दिए ।

लेखक गिरीले दसनामी सन्यासी र उनीहरुको धर्मको बारेमा जानकारी दिन पुस्तक प्रकाशन गरेको बताए । उनले यस्ता पुस्तकले नयाँ पिडीलाई आफ्नो धर्म संस्कृतिको बिषयमा जान्न मद्दत मिल्ने धारणा धारणा राखे ।

नेपाल दशनामी समाज तथा कला, साहित्य, संस्कृती विभागका प्रमुख अर्जुन गिरीको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार  ११ : ३८ बजे