बाबुराम भट्टराईले आज रवि लामिछानेलाई भेट्दै



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्ने भएका छन्।

लुम्बिनी प्रदेशमा आयोजना गरिएको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन भैरहवा पुगेका भट्टराईले लामिछानेलाई भेट्न लागेका हुन्।

कारागार प्रशासनका अनुसार भेटका लागि बिहान १०:३० बजे को समय तोकिएको छ।

प्रकाशित मिति : श्रावण २२, २०८२ बिहीबार  ११ : ०८ बजे