सुनको मूल्य स्थिर, कतिमा हूँदैछ कारोबार ?



काठमाडौँ । स्थानिय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । बुधबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २२, २०८२ बिहीबार  ११ : २३ बजे