प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव काठमाडौँ आउँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् ।

उनी आगामी भदौ १ गते नेपाल आउन लागेका हुन् ।

ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ।

विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्।

प्रकाशित मिति : श्रावण २२, २०८२ बिहीबार  १२ : २८ बजे