काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर साह तेलीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
बिचौलियामार्फत घुस माग गरेको सूचना पाएपछि अख्तियारबाट खटिएको टोलीले एक लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।









