काठमाडौँ । स्थानिय बजारमा आज सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ ।
सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९९ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।














