आयोगले भन्यो – रवि लामिछाको मानव अधिकार संरक्षण गरिएन



काठमाडौं, २६ साउन । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रवि लामिछाने राखिएको रुपन्देहीको कारागार र रविलाई राखिएको कोठाको अनुगमन गरेको छ ।

आयोगकी प्रवक्ता लिली थापाले सो कारागारको अनुगमनपछि रविलाई राखिएको कोठामा झ्यालहरु थुनेर राखिएको प्रतिक्रिया दिईन् ।

उनले रविको कोठामा एसी नभएको दाबी गरिन् ।

उनले पंखा राखिएको भएपनि कोठामा झ्याल नै बन्द गरेकोले त्यो पंखाको हावाले पुग्छ त रु भनेर प्रश्न गरिन् । उनले कारागामा क्षमताभन्दा बढि कैदीबन्दीहरु राखिएको हुँदा उनीहरुको मानवअधिकारको प्रत्याभूति नभएको बताईन् ।

प्रकाशित मिति : श्रावण २६, २०८२ सोमबार  २ : १३ बजे