एकैदिन तोलामा १३ सय रुपैयाँले घट्यो सूनको मूल्य



काठमाडौं ।स्थानिय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार  ११ : २० बजे