सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं। स्थानिय बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो।

यस्तै चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार  ११ : ४१ बजे