काठमाडौं । स्थानिय बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो ।
यस दिन सुनको मूल्य तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














