‘कुलिङ अफ पिरियड’ छेड्खानी प्रकरणमा सभापतिले राजीनामा दिएर मात्र पुग्दैन, कानूनी कारबाही होस्ः ध्रुव्रबहादुर प्रधान



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रवबहादुर प्रधानले कुलिङ अफ पिरियड व्यवस्थामाथि छेड्खानी गर्नेलाई कानूनी कारबाहीमा ल्याउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हून् ।

उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाल राजीनामा दिएर मात्र नपुग्ने बताए ।

उनले भिजिट भिसा दुरुपयोगबारे सरकारले कुनै चासो नदेखाएको आरोप लगाए ।

उनले भिजिट भिसामा गएमा रोजगारी पाइन्छ भनेर जनतामा भ्रम छरेर तस्करी गर्नेहरुलाई कानूनी कारबाही गर्न माग समेत गरे । उनले भिजिट भिसाको दुरुपयोग गर्नेलाई कारबाही गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरे ।

उनले भने, ‘कुलिङ अफ पिरियडको व्यवस्थामा छेड्खानी गर्ने व्यक्तिले राजीनामा दिएर मात्र पुग्ने हो कि होइन ? जसले नियतवस गल्ति गरेको छ उसले सजायको भोगि भएन भने सबै माननीयज्यूहरुले राजीनामा दिनुपर्ने अवस्थाहरु हुन सक्छन् । तैपनि यो सदन अडेको छ, छानविन समिति गठन भयो । प्रतिवेदन आयो र निराकरणको प्रक्रियामा रहेको छ । जुन श्रम मन्त्रालयअन्तर्गतका मेनपावरको जालो छ । जसको कारण गृहमन्त्रालय समेत भिजिट भिसा प्रकरणमा मुछियो । र इमिग्रेसन समेत मुछिएको अवस्था आयो । जो पनि भिजिट भिसामार्फत गएर रोजगारी पाइन्छ भनेर भ्रम छरेर तस्करी गर्नेलाई कानूनी कारबाहीको बारेमा कुनै कुरा भएन । गृहमन्त्रीको राजीनामासँग मात्र यस विषयको सरोकार भएन । हामीले पटक पटक कुरा उठाएका छौं । यसको छानविनको लागि न्यायिक छानविन आयोग गठन गरियोस् । हामी संसदको अपमान नभई सम्मान होस् भन्न चाहेका छौं । तर भाषणमा मात्र समिति राखिन्छ । मुल तस्करलाई कारबाही नगरेसम्म हाम्रो संसद बहिस्कारको क्रम जारी रहन्छ ।’

उनले भिजिट भिसा प्ररणको निष्पक्ष छानविन नभएसम्म आफ्नो पार्टीले संसल बहिस्कार गर्दै जाने समेत बताए। —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार  २ : १५ बजे