नेपाली महिला फुटबल टिमका खेलाडीहरुलाई उत्प्रेरणा दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण



काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली महिला फुटबल टिमका खेलाडीहरुलाई उत्पेरणा दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हून् ।

उनले फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली महिला फुटबल टोली १३ अंक माथि उक्लिएर ८७ औँ स्थानमा आएको उल्लेख गरे । उनलेखेलाडीहरुलाई उत्प्रेरणा दिनको लागि आवश्यक पूर्वाधार निर्माण तथा खेलमैत्री वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘सरकारले यदि उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरुलाई उत्प्रेरणा दिने स्थिति सिर्जना गर्ने हो भने नेपाली महिला फुटबल टोलीका खेलाडिहरुले राम्रो गर्न सक्छन् भन्ने देखिएको छ । यसकारण नेपाल सरकारले विशेष ध्यान जाओस् भन्ने माग गर्न चाहन्छु ।’

उनले खेल क्षेत्रको विकासका लागि सरोकारवाला सबै पक्षबीच आपसि सहकार्यको खाँचो रहेको समेत बताए । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार  २ : २१ बजे