काठमाडौ । प्रभु बैंकका ग्राहक र कर्मचारीले अन्नपूर्ण न्यूरो हस्पिटलमा विशेष छुट पाउने भएका छन् ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०(१५ प्रतिशत छुट पाउनेगरी बैंक र उक्त हस्पिटलबीच सम्झौता भएको हो।
उक्त छुटको सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटल का तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटीङ म्यानेजर पे्रम कुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंकले हाल नेपालभर रहेका आफ्ना ३१२ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ६८एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।














