हतारमा काम गर्दा सबै सांसदहरु बेकुफ भयौँः सांसद कार्की



काठामाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले हतारमा कुनैपनि विधेयक अघि बढाइनु नहुने बताएकी छिन् ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हून् ।

उनले हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुभएको स्मरण गर्दै कुनै काम हतारमा गरेर पछुताउनु नहुने बताईन् ।

विधेयकहरु राम्रोसँग बुझेर मात्रै अघि बढाउनुपर्ने उनको भनाइ छ । हतारमा काम गर्दा संसदका सबै सांसदहरु बेकुफ भएको घटना ताजै रहेको उनको भनाई छ ।

उनले भनिन्, ‘म त्यत्ति इन्टेलिजेन्स नभएर होला, तुरुन्तै अहिले ह्वारर पढेको आधारमा फिडब्याक दिन सक्दिन । हालैको अनुभव पनि छ । हतारको काममा लतार भएर एक जना सभापतिज्युले राजीनामा दिनुपयो । त्यसैले हामीले धेरै सोच्नुपर्छ । त्यत्रो सदनमा हामी सबै सांसदहरु त बेकुफ नै भयौँ नि त । सबैले थपडी मारेर पास ग¥यौँ, तर त्यसको नतिजा के आयो बुझेकै छौँ ।’

सांसद कार्कीले सदनमा र समितिमा छलफल राम्रोसँग गरेर मात्रै विधेयकहरु अघि बढाउनु उचित हुने सुझाव दिईन् । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार  ३ : ११ बजे