तोलामा ८०० रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौँ । स्थानिय बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सून तोलामा ८०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाला सुनको मूल्य तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २, २०८२ सोमबार  ११ : ०२ बजे