जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि राष्ट्रिय एजेण्डाका रुपमा कानून बनाउन आवश्यक रहेको बताएकी छिन् ।

हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हून् ।

उनले जलवायु परिवर्तन कुनै भूगोल र सीमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यस समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताईन ।

जलवायु परिवर्तनको समस्या मानव सभ्यताका खिलाफको साझा समस्या भएको बताउँदै यसले कुनै देश, भूगोल, राजनीतिक दललाई नचिन्ने उल्लेख गरिन् ।

जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको जिकिर गरिन् ।

सबैले राष्ट्रिय एजेण्डाका रुपमा कानून बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जवाफदेही बनाउन भुमिका खेल्नुपर्ने आवश्यकता औंल्याईन् ।

उनले जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यमा केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट पारिन् । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भाद्र २, २०८२ सोमबार  १२ : १७ बजे