पूर्वराष्ट्रपति भण्डारीले भनिन्- म अझै पनि नेकपा एमालेको कार्यकर्ता हुँ



काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफू नेकपा (एमाले) को कार्यकर्ता रहेको बताएकी छन् ।

उनले पार्टीकै निर्णयले राष्ट्रपति बनेको र आफ्नो कार्यकाल पूरा गरिसकेपछि पुनः एमालेमा फर्किएको बताएकी हुन् ।

उनले भनिन्, ‘म नेकपा एमाले नै हो। म एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो। म नेकपा एमालेको कार्यकर्ता हुँ ।

साथै, उनले आफ्नो नेतृत्वमा वाम एकताको सम्भावना बलियो नदेखेको पनि बताईन् । नेपालमा धेरै वामपन्थी दलहरु रहेको र उनीहरु सबैलाई मिलाउन गाह्रो हुने उनको भनाइ थियो । ‘नेपालमा यतिधेरै वामपन्थी पार्टीहरु छन् । सम्भावना नै छैन भनेर मैले भन्न पनि मिलेन । सम्भावना म त्यति बलियो देख्दा पनि देख्दिनँ,’– उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीले कुनै भूमिका नदिए पनि आफू एमालेको संगठित सदस्य भएको बताइन् ।

प्रकाशित मिति : भाद्र २, २०८२ सोमबार  २ : १० बजे