राष्ट्रियसभाको बैठक बस्दै, सामाजिक सञ्जाल विधेयक पेस हुने



काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १:१५ बजे बस्ने भएको हो।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

तेस्तै आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : भाद्र ३, २०८२ मंगलबार  ९ : २० बजे