काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका देशहरुले साझा एजेण्ड बनाइ जलवायु परिवर्तनका असरबारे काम गर्नुपर्ने बताएकी छिन् ।
हिन्दुकुश हिमालय संसदीय सम्मेलनका क्रममा मंगलवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हून् ।
उनले हिन्दुकुश हिमालय क्षेत्रका मुलकहरुको पारिस्थतिकीय प्रणाली सामाजिक र आर्थिक चुनौतिका विषयहरु सबैका साझा मुद्दा रहेको भन्दै यसबारे लड्न सबै मिल्नुपर्ने जरुरी रहेको बताईन् ।
हिन्दुकुश हिमालय क्षेत्रमा वायु प्रदुषण, जैविक विविधताको ह्रास, जलवायु परिवर्तनबाट सिर्जित संकट जस्ता विषय साझा चुनौतिका रुपमा देखापरेको बताईन् ।
स्वच्छ हावामा श्वास फेर्न पाउने नागरिकको नैसर्गिक अधिकार रहेको बताउँदै हिन्दुकुश हिमालयन क्षेत्रका विद्यमान जैविक विविधताको उचित संरक्षण र व्यवस्थापन गरेर त्यसबाट समुदायले लाभ प्राप्त गर्ने सम्भावना तथा प्रकृति समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न यस क्षेत्रका सांसद तथा सरकार मिलेर साझा एजेण्डामा काम गर्न आवश्यक रहेको पनि बताईन् ।
समावेशी र सुदृढ हिन्दुकुश हिमालयन निर्माण गर्न क्षेत्रीय एकता र सहकार्यलाई अझ व्यापक बनाउनुपर्ने विषयलाई जोड दिँदै हिमालदेखि महासागरसम्म सबैको लागि स्वच्छ हावामा श्वास फेर्न पाउने वातावरणको निर्माण गर्नुपर्ने जरुरी रहेको बताईन् ।
जलवायु परिवर्तनबाट पर्ने असरलाई सम्बोधन गर्न हिन्दकुश हिमालय क्षेत्रका मुलुकहरुले महत्वकांक्षी कदमहरु चाल्नुपर्ने बताइृन् ।
उपाध्यक्ष घिमिरेले भन्नुभयो, ‘हिन्दुकुश हिमालय क्षेत्रका मुलकहरुको पारिस्थतिकीय प्रणाली सामाजिक र आर्थिक चुनौतिलाई विश्लेषण गर्दा यस क्षेत्रमा वायु प्रदुषण, जैविक विविधताको ह्रास, जलवायु परिवर्तनबाट सिर्जित संकट जस्ता विषय साझा चुनौतिका रुपमा देखापरेको कुरा यो छलफलबाट प्राप्त भएको छ ।
त्यस्तै स्वच्छ हावामा श्वास फेर्न पाउने नागरिकको नैसर्गिक अधिकार हिन्दुकुश हिमालयन क्षेत्रका विद्यमान जैविक विविधताको उचित संरक्षण, व्यवस्थापन गरेर त्यसबाट समुदायले लाभ प्राप्त गर्ने सम्भावना तथा प्रकृति समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न यस क्षेत्रका सांसद तथा सरकार मिलेर साझा एजेण्डामा काम गर्न आवश्यक रहेको छ ।
यसका लागि सांसद सदस्यहरुको भुमिकालाई थप स्पष्ट गर्ने, समावेशी र सुदृढ हिन्दुकुश हिमालयन निर्माण गर्न क्षेत्रीय एकता र सहकार्यलाई अझ व्यापक बनाउनुपर्ने विषयलाई जोड दिँदै हिमालदेखि महासागरसम्म सबैको लागि स्वच्छ हावामा श्वास फेर्न पाउने वातावरणको निर्माण गर्नुपर्छ । जैविक विविधताको संरक्षण गर्नुपर्छ । जलवायु परिवर्तनबाट पर्ने असरलाई सम्बोधन गर्ने, हिन्दकुश हिमालय क्षेत्रका मुलुकहरुको महत्वकांक्षी कदमहरु चाल्नुपर्नेछ ।’
उपाध्यक्ष घिमिरेले भूगोलले फरक ठाउँमा भएपनि समस्या साझा रहेको बताईन् । एकीकृत कानून निर्माण गरेर समस्याहरुको सम्बोधन गर्न जरुरी रहेको बताईन् ।—न्युज एजेन्सी नेपाल









