सुनको मूल्य घट्ने क्रम जारि, बुधबार १६ सयले घट्यो



काठमाडौं । नेपाली बजारमा बुधबार (आज भदौ ४ गते ) सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य तोलाको एक लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार (भदौ ३ गते) सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ ।

चाँदी प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : भाद्र ४, २०८२ बुधबार  ११ : ४४ बजे