४ भदौ, काठमाडौं । आजको प्रतिनिधिसभामा हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यका कारण आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम रोकिएको एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी गराएका हुन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।
यो सँगै आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।









