सुनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९४ हजार ८०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ५, २०८२ बिहीबार  ११ : १२ बजे