काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ ।
बिहीबार बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको हो ।
उक्त पारित विधेयकमा प्रतिपक्षी दलहरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन् ।
माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रश्तावअनुसार गर्नुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ ।
रास्वपाले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत राखेको छ भने राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको राखेको छ ।
विधेयकको प्रतिवेदन शुक्रवारको प्रतिनिधि सभाको बैठकमा पेस गर्ने समितिको तयारी छ ।
शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको विधेयक सम्बन्धमा लामो समयदेखि विवाद हुँदै आएको थियो।









