दैलेखको मिथेन ग्याँस जिटुजीमार्फत उत्पादनका लागि चीन सरकारसँग आग्रह गरेका छौँः मन्त्री भण्डारी



उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखको १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको उत्पादन परीक्षणका लागि जिटुजीमार्फत चीन सरकारसँग आग्रह गरिएको बताएका छन् ।राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसद मायाप्रसाद शर्माले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उनले यसबारेमा जानकारी गराएका हुन् ।

उनले ‘२०८१ माघ महिनामा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४ हजार १३ मिटर ड्रिलिङ कार्य सम्पन्न भएको बताए। चीन सरकारको तर्फबाट अन्वेषण कार्यमा संलग्न चिनियाँ जियोलोजिकल सर्वेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिलिङ साइटमा १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको भण्डारण रहेको अनुमान गरिएको उनले बताए । सोही प्रतिवेदन बमोजिम भण्डारण, उत्पाकत्व निर्धारण गर्न उत्पादन परीक्षणसम्मको कार्य गर्नुपर्ने भएकाले जिटुजीमार्फत चीन सरकारको सहयोगमा सो कार्य सम्पन्न गर्नका लागि अनुरोध गरिएको पनि जानकारी दिए ।

उनले भने, ‘२०८१ माघ महिनामा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४ हजार १३ मिटर ड्रिलिङ कार्य सम्पन्न भएको छ । चीन सरकारको तर्फबाट अन्वेषण कार्यमा संलग्न चिनियाँ जियोलोजिकल सर्वेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिलिङ साइटमा १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको भण्डारण रहेको अनुमान गरिएको छ । सोही प्रतिवेदन बमोजिम भण्डारण, उत्पाकत्व निर्धारण गर्न उत्पादन परीक्षणसम्मको कार्य गर्नुपर्ने भएकाले जिटुजीमार्फत चीन सरकारको सहयोगमा सो कार्य सम्पन्न गर्नका लागि अनुरोध गरिएको छ । जाँजरकोट, दैलेख तथा अछामसहितका केही स्थानहरुमा काइनट तथा तुर्मालिन जस्ता महत्वपूर्ण पत्थर धातुहरु रहेको पत्ता लागेको छ । त्यसको औद्योगिकीकरण र व्यवसायीकरण गर्न सरकार प्रयत्नशिल रहेको कुरा जानकारी गराउँछु ।’

मन्त्री भण्डारीले जाँजरकोट, दैलेख तथा अछामसहितका केही स्थानहरुमा काइनट तथा तुर्मालिन जस्ता महत्वपूर्ण पत्थर धातुहरु रहेको पत्ता लागेको र त्यसको औद्योगिकीकरण र व्यवसायीकरण गर्न सरकार प्रयत्नशिल रहेको पनि जानकारी गराए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भाद्र ६, २०८२ शुक्रबार  ७ : ५२ बजे