प्रतिनिधिसभा राज्यव्यवस्था समिति सभापतिमा न्यौपानेको उमेदवारी दर्ता



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उमेदवारी दर्ता गराएकी छन् ।

संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी न्यौपानेले लगत्तै राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

यसअघि आजै नेपाली कांग्रेसले रिक्त रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपानेलाइ पठाउने निर्णय गरेको थियो ।

सभापति चयन गर्न बुधबार (भदौ ११) दिउँसो ३ बजे समिति बैठक बोलाइएको छ ।

रामहरि खतिवडाले राजीनामा दिएपछि राज्य व्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ ।

प्रकाशित मिति : भाद्र १०, २०८२ मंगलबार  ३ : ३५ बजे