काठमाडौँ । आज संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिसहित तीन समितिको बैठक बस्दै छ ।
आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद ईश्वरी न्यौपाने निर्वाचित भएको घोषणा हुदैछ ।
सांसद ईश्वरी न्यौपाने यस पदमा निर्विरोध निर्वाचित भइसकेकी छन्।
आजको विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुनेछ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१र८२ बारे छलफल गर्ने कार्यसूची रहेको छ।









