सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य बढेको छ ।

आज सूनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुन तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ११, २०८२ बुधबार  ११ : १४ बजे