जनार्दन शर्माले नपत्याएर पार्टी रोकिँदैनः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्मा ‘प्रभाकर’ले नपत्याउँदैमा पार्टी आन्दोलन नरोकिने बताएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीभित्र एक जना नेताले नपत्याएर पार्टी आन्दोलन नरोकिने बताएका हुन्।

पार्टीको कोशी प्रदेश कमिटी सचिवालय बैठकमा सहभागी हुन बिहीबार बिहान विराटनगर आइपुगेका प्रचण्डले ‘एक जना प्रभाकरले आफूलाई नपत्याउँदैमा केही नहुने’ भनेका हुन्।

पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले भने, ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन। यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रस्ट पारेको छ।’

प्रकाशित मिति : भाद्र १२, २०८२ बिहीबार  १ : ०६ बजे