काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैंठकले खापुङलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।
वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा अगामी भदौ १८ गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि खापुङलाई नयाँ आईजीपी नियुक्त गरिएको हो ।
नवनियुक्त आईजीपी खापुङले अगामी भदौ १९ गतेदेखि कार्यभार सम्हाल्ने बताइएको छ ।










