प्रधानमन्त्री ओली चीन प्रस्थान



प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीन प्रस्थान गरेका छन् ।

शनिवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् ।

पछिल्लो पटक प्रधानमन्त्री भएपछि चीन भ्रमण गरेको यो दोस्रो पटक हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा गएका प्रधानमन्त्री ओली १८ गते बुधवारसम्म चीनमा रहनेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा लगायत उच्च अधिकारीहरूले उनलाई बिदाइ गरे। यसअघि नेपाली सेनाको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो।

प्रकाशित मिति : भाद्र १४, २०८२ शनिबार  ८ : ५५ बजे