आज देशभर मौसम बदली, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षा



काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थानको आसपासमा रहेको छ ।

आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ ।

वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : भदौ १४, २०८२ शनिबार  ९ : ११ बजे