सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबारदेखि नै सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १७, २०८२ मंगलबार  ११ : २२ बजे