२०७२ को भूकम्पले भत्किएका सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसक्यौँः प्रमुख महर्जन



काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्किएका सांस्कृतिक सम्पदाहरुको पुर्ननिर्माणको काम सम्पन्न भएको बताएका छन् ।

सिजन मिडियाको १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले यस्तो दाबी गरेका हून् ।

उनले मुलुकमा काम गर्न निकै चुनौतीपूर्ण अवस्थाका बाबजुद आफूहरु सक्दो काम गर्न लागिपरेको बताए ।

महानगर प्रमुखको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको उल्लेख गर्दै महर्जनले ललितपुर महानगरको सबै क्षेत्रको विकासका लागि तदारुकताका साथ काम गरिरहेको उनको भनाइ छ ।

उनले सरकारसँगको सहकार्यमा सम्पदाहरुको पुर्ननिर्माण सम्भव नदेखिएकाले महानगर एक्लैले काम गरिरहेको बताए ।

सोही अवसरमा सिजन मिडियाले प्रमुख महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित गरेको छ । मिडियाको १७ औँ वार्षिकोत्सवका अवसरमा एशियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गरेकाले महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो । उनलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अवार्ड प्रदान गरे ।

उनले भने, ‘यो मुलुकमा काम गर्न महाभारत छ । धेरै गाह्रो छ । तसर्थ हामीले थोरबहुत कामहरु गर्यौं । यो मेरो मेयरको रुपमा दोस्रो कार्यकाल हो । यो नै मेरो अन्तिम कार्यकाल पनि हो । यसपछि हुन पाउँदिन । त्यसकारण गर्नुपर्ने कामहरु सबै गर्नुपर्छ भनेर लागिपरेको छु । त्यसैको मूल्याङ्कन स्वरुप मैले आज यो अवार्ड पाएको हुनुपर्छ । २०७२ सालको भूकम्पले गर्दा ललितपुरको सम्पदा शहरमा मन्दिर, शिवालय, देवालय सबै क्षत्विक्षत् भयो । तर आजसम्म आइपुग्दान त्यो सबै बनाउने काम सकिएको छ । तर नेपाल सरकारसँग सहकार्य गरेर सार्वजनिक खरिद ऐन अनुसार बनाउने हो भने फेरी खतम छ, बन्दैन ।’

कार्यक्रममा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट बालकृष्ण श्रेष्ठ, ‘आइकोनिक इन्टरपेजरसीप अवार्ड’बाट राजेन्द्र मल्ल, ‘एक्सिलेन्स इन न्युरोसाइनेस एण्ड हेल्थकेयर अवार्ड’बाट डा वसन्त पन्त, ‘विमन इन विजिनेश लिडरसीप अवार्ड’बाट ज्योत्स्ना श्रेष्ठ, ‘बैंकिङ सिइओ अफ दी इयर’बाट मनोज ज्ञवाली, ‘विमन इन इनर्जी एक्सिलेन्स अवार्ड’बाट सुसन कर्माचार्य, ‘भिजिनरी लिडरसीप इन लाइफ इन्स्योरेन्स अवार्ड’बाट सन्तोष प्रसाईं सम्मानित भएको आयोजकले जनाएको छ ।

त्यसैगरी, ‘अटोमोटिभ विजिनेश एक्सिलेन्स अवार्ड’बाट मिलनबहादुर मल्ल, ‘आउटस्टायन्डिङ पब्लिक कम्युनिकेटर अवार्ड’बाट शिवानी थापा बस्न्यात, ‘आउटस्टायन्डिङ जर्नालिजम अवार्ड’बाट सुशिल अर्याल, ‘विमन टुरिजम इन्टरपेनर अवार्ड’बाट कमला गिरी, ‘आउटस्टायन्डिङ पब्लिक सर्भिस अवार्ड’बाट शेरबहादुर विसी, ‘युथ विजिनेश लिडरसीप अवार्ड’बाट डिल्लीराम पङ्गेनी, ‘म्युजिकल ब्रिलियन्ट अवार्ड’बाट शिव परियार सम्मानित भएको सिजन मिडियाका अध्यक्ष वन्तले जानकारी दिए ।

उनका अनुसार ‘एक्सिलेन्स इन फाइनान्स सर्भिस एण्ड डिजिटल इन्नोभेटिभ अवार्ड’बाट खिलेन्द्र पौडेल, ‘एक्सिलेन्स इन हेयर एण्ड व्युटीकेयर अवार्ड’बाट लक्ष्मी ठाकुर, ‘हेल्थ एण्ड फिटनेस चेञ्जमेकर अवार्ड’बाट सुकदेव कार्की, ‘डिस्टिङ्गिवष्ट पर्फमेन्ट सिनेमा अवार्ड’बाट केकी अधिकारी, ‘युथ इन्नोभेटर इन्टरपेनरसीप अवार्ड’बाट मनोज पौडेल, ‘एक्सिलेन्स इन एभियसन एण्ड हस्पिटालिटी सर्भिस अवार्ड’बाट सेमन्त श्रेष्ठ र ‘साइन्टिफिक पब्लिसिङ एण्ड इडिटोरियल एक्सिलेन्स अवार्ड’बाट सुरेश रिजाल सम्मानित भएका छन् ।

एशियाली देशहरूमा चीनका चेन्ग हुआङ ‘पायोनियर फोटोग्राफी एण्ड कल्चर हेरिटेज अवार्ड’बाट, कम्बोडियाकी लिआङ बोफा ‘विमन विजिनेश लिटरसीप एक्सिलेन्स अवार्ड’बाट, बङ्गलादेशका मसियुर रहमन सुमोन ‘एक्सिलेन्ट फोटोग्राफी एण्ड हस्पिटालिटी अवार्ड’बाट, बङ्गलादेशकै मोइन्उद्दिन अहमद ‘आउटस्टायन्डिङ फोटोजर्नलिज्जम अवार्ड’बाट सम्मानित भएको छ । मलेसियाका मनिमारन एल सुप्पिअह ‘एक्सिलेन्स इन इन्टरनेशनल विजिनेश एण्ड नेटवर्किङ अवार्ड’बाट, भुटानका फुन्ट्शो डेन्डुप ‘एक्सिलेन्स इन हेल्थ एण्ड सेप्टी लिटरसीप अवार्ड’बाट र थाइल्यान्डकी सुकन्या अत्र्री ‘एक्सिलेन्स इन ग्लोबल डान्स
अवार्ड’बाट सम्मानित भए ।

प्रकाशित मिति : भाद्र १७, २०८२ मंगलबार  १२ : २१ बजे