निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि नयाँ रेकर्ड



काठमाडौं । स्थानिय बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य दुई हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुनको मूल्य दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबारदेखि नै सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।

चाँदीको मूल्य पाँच रुपैयाँ घटेर दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १८, २०८२ बुधबार  ११ : ०० बजे