उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण



काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननसिंह केसीले उखु किसानका मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हून् ।

उनले कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त दुःखदायी भएको बताए ।

उखु सिकसाको बक्यौता भुक्तानी, सरकारी अनुदान पूर्ववत राख्न तथा मल आपूर्ति गर्न माग गरे ।

उनले भने, ‘सभामुख महोदय कृषिप्रधान देशका किसानहरु निरन्तर समस्यामा छन् । उखु किसानहरु भुक्तानी ढिलाई, सरकारी अनुदान कटौती, कम मूल्य र मलको अभावले धर्नामा छन् । तत्काल माग सम्बोधन होस् । ’

उनले बाढी पहिरोबाट विभिन्न ठाउँमा नागरिकले ज्यान गुमाइरहेको भएपनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भाद्र १९, २०८२ बिहीबार  २ : ०६ बजे