सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न सरकारलाई आयोगको निर्देशन



काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमाथि पुनःविचार गर्न सरकारलाई निर्देशन दिएको छ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गरेर बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको हो।

आयोगले भन्यो, नेपाल सरकारले सामाजिक सञ्जालहरुलाई बन्द गर्ने भनी गरेको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्ताहरुमा असर पार्ने मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यताविपरीत समेत हुन जान्छ ।

सरकारले बिहीबार बेलुकादेखि नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : भदौ २०, २०८२ शुक्रबार  ३ : ४० बजे