काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजीले उठाएका मागहरू वर्तमान संविधान र संसदीय प्रक्रियाभित्रबाटै पूरा गर्न माग गरेका छन्। दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।
अहिलेको संक्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाले खोज्नुपर्ने बताउँदै संविधान र संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगामी शक्तिलाई फाइदा पुर्याउने उनले बताएका छन्।
संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतगामी शक्तिलाई फाइदा पुर्याउने उल्लेख गर्दै दाहालले विज्ञप्तिमा भनेका छन्( ’हाम्रो ठहर छ, कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो। त्यसैले अहिलेको संक्रमणकालिन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्दछ।’
दाहालले लेखेका छन्( ‘संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पुर्याउने छ।’
दाहालले गणतान्त्रिक व्यवस्थामा भएको कमीकमजोरीलाई सच्याएर अघि बढ्न पार्टी तयार रहेको पनि बताएका छन्। उनले भनेका छन्( ‘नेकपा ९माओवादी केन्द्र० नेपाली समाज रुपान्तरणका पक्षमा अडिग भएर लड्दै आएको पार्टी हो। हामीले समानता, स्वतन्त्रता र स्वाधीनताको लागि लामो संघर्ष गर्यौं। त्यसैले हामी र अन्य पार्टी एउटै हो भन्ने भाष्य गलत भएको दोहोर्याउन चाहन्छौं।’










