काठमाडौँ। देशभर पश्चिमी वायुको आंशिक प्रभावसँगै मनसुनी तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको यो प्रभाव सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू(भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू(भागको थोरै स्थानमा देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ भने बाँकी भू(भागमा मौसम मुख्यतया सफा हुनेछ। यद्यपि, कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा मौसम रहनेछ। रातिको समयमा पनि कोशी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।










