विपिन जोशीको मृत्युु भएको पुष्टि,हमाशले इजरेललाई शब बुझाउदै



हमासले विगत ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युु भएको पुष्टि गरेको छ । हमासले जोशिको शव इजरेललाई बुझाउने बताएको छ।

यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो। इजरेलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरिसकेको छ।

मृत्यु भएको ठानिएका २८ जनाको शव सोमवारै हस्तान्तरण गरिने सम्झौता भएको इजरेली दाबी भए पनि जोशीसहित चार जना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ।

इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरेली सेनाले सोमवार आज हस्तान्तरण गर्न लागिएका चार शवमध्ये जोशीको पनि हुन सक्ने जानकारी दिएको छ।

इजरेलस्थित नेपाली अवैतनिक महावाणिज्यदूत नद्दाब बेन यहूदालाई फोन गरेर चार जनामध्ये विपिनको पनि शव आउन सक्ने खबर गरेको रहेछ, उनले भने।बिबिसिबाट

प्रकाशित मिति : आश्विन २७, २०८२ सोमबार  ९ : ०७ बजे