सुनको मुल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ७०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो ।

त्यस्तै आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ५५ रुपैयाँले कारोबार भएको छ ।

प्रकाशित मिति : कार्तिक १६, २०८२ आईतबार  ११ : ३६ बजे