शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपमा बढेको छ ।

आज सुन ६ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको सुन आज प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको छ ।

प्रकाशित मिति : कार्तिक २१, २०८२ शुक्रबार  १० : ५४ बजे