तोलामा २९०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

आज सुन २ हजार ९ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार  ११ : २१ बजे