काठमाडौं । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन्।
बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
आइजिपी चन्द्रकुबेर खापुङ अवकाशमा गएसँगै कार्कीले बिहीबारदेखि कमाण्ड सम्हालेका हुन्।
मन्त्रिपरिषद्को २५ कात्तिकको बैठकले उनलाई आईजीपीमा नियुक्त गरेको थियो।










