काठमाडौ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्ने बताएका छन ।
वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
अहिले अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्नुहुँदै अब विगतमा जस्तो सरकारले डोर्याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताए ।
उनले नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको जिकिर गर्दै प्रत्येक पाँच वर्षमा नेपालमा केही न केही दुर्घटनाहरु हुने गरेको उल्लेख गरे ।














